पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेमाथि अनुसन्धान गर्न १३ दिन म्याद थपिएको छ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले आइतबार अनुमति दिएको हो । रविलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको यो चौथो पटक हो।
यसअघि कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ४ गते पहिलो पटक ६ दिन, कात्तिक ८ गते ७ दिन र कात्तिक २० गते कात्तिक १५ गतेबाट लागू हुने गरी १० दिन म्याद थप गरेको थियो ।
