बनेपा ।  नेपाल रेडक्रस सोसाईरी काभ्रे शाखाले काभ्रे जिल्ला प्रतिनिधी सभा र प्रदेश सभा (ख) बाट निर्वाचित प्रदेश सभा सांसद कन्चन चन्द्र बादे वागमती प्रदेश, सरकारको सामाजिक विकास मन्त्रीमा निपुक्ति हुन भएकोले एक समारोहका विच सम्मान कार्यत्रमको आयोजना गरेको छ ।
सो सम्मान कार्यक्रममा मन्त्री वादेले काभ्रेमा रेडक्रस खुल्दा मेरो जन्मनै भएको थिएन,  यो संस्थाको विकास निर्माणमा म स्वचित्त भै लाग्ने वचक वद्धता व्यक्त गर्नुभयो । मानवताको सेवामा रेडक्रस अघि बढ्ने भएकाले म चाँडै तपाईहरुसँग जोडिन्छु भन्दै हामीले हाम्रो ठाउँ आफैले बनाउने हो क्षमता वृद्धि, सेवा वृद्धिका कार्यमा निरन्तर लागी पर्ने समेत मन्त्री बादेले बताउनु भयो । २ करोड पुन्याउने अक्षयकोष उठाउन पनि म तपाईह सँगै लागी पर्ने वचन बद्धता समेत व्यक गर्नुभयो ।
सभापती देवेन्द्रप्रसाद भेलले रेडक्रस भवन निर्माण गर्न सहयोग आवश्यकता रहेको धारणा राख्दै मन्त्री पदमा निमुक्ति पाउनु भएकोले हार्दिक बधाई ज्ञापन गर्दै पूर्ण कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका मन्त्री राजु सिग्देलले काभ्रे जिल्लामा रेडक्रसको ३८ वटा उपशाखा,  ६ हजार आजिवन सदस्य, जुनियर रेडक्रस सर्कल, युवा रेडक्रस सर्कल र रक्तदान सेवा काभ्रेमा रहेको उल्लेख गर्दै मानवता, जेष्ठ नागरिक, वाल. बालिका, महिला शसक्तिकरण, नेतृत्व विकास तालिम, व्याधारभूत प्राथमिक उपचार तालिम, १३ वटै पालिकाहरूमा दिनुपर्ने आवश्यकता रहेको नव नियुक्त मन्त्री कन्चनचन्द्र वारेलाई संकेत गर्नुभयो ।
सोहि अवसरमा रेडक्रसका पूर्व मन्त्री टिकाभक्त भोछिभोया र सदस्य रामगोपाल कायष्ठलाई मन्त्री बादेले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *