दोलालघाट । घरमा पालेको कुकुर भोटेकोशी नदीमा हामफाल्दा कुकुर जोगाउन नदीमा हेलिएका भुम्लु गाउँपालिका–१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिए ।
भुम्लु गाउँपालिका–८ दुलालेश्वर मन्दिर नजिकै हाम फालेर बेपत्ता भएका दर्जीको खोजीको लागि सशस्त्र प्रहरी निरीक्षक विनोद थापाको कमाण्डमा ११ जना र नं १६ गण बाट सशस्त्र प्रहरी सहायक निरीक्षक आदर्शकुमार शाहको कमाण्डमा ११ जना उद्धार टोली खटिएको सशस्त्र प्रहरी १५ नं. गण काभ्रेका प्रमुख माधव रेग्मीले जानकारी दिए ।
