धुलिखेल । गत साउन १० गते नमोबुद्धमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका सो नगरपालिकाका पूर्वनगर प्रमुख टंकप्रसाद (टिपी) शर्मा तिमल्सिनाको मंगलबार बिहान उपचारकै क्रममा निधन भएको छ । दुर्घटना भएसँगै उहाँको धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो । तिमल्सिना नमोबुद्धका पहिलो नगरप्रमुख हुन् ।
साउन १० गते शनिबार बिहान नमोबुद्ध न.पा. २ बीसकिलोस्थित बीपी राजमार्गमा दुर्घटना भएको थियो । नार्केबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नं.को स्कुटरले बिपरित दिशाबाट आउँदै गरेको बा.प्र. ०३–०२–००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा बा प्र ०३–०२–००७ प ८८०० नं. को स्कुटर चालक नमोबुद्ध २ बस्ने अन्दाजी वर्ष ४६ का किशोर तिमल्सिना सामान्य घाइते भएका थिए । स्कुटरमा पछाडि सवार ७२ वर्षीय टंकप्रसाद शर्मा भने गम्भिर घाइते हुनु भएको थियो । सवारी चालक किशोर टंकप्रसाद शर्माका छोरा हुन् ।
