धुलिखेल । अहिले आलु रोप्ने सिजन हो । यसका लागि बीउ कसरी तयार गर्ने भन्ने किसानहरुमा जानकारीको आवश्यक पर्छ ।
जिल्ला कृषि विकास कार्यालय काभ्रेले यसका लागि केही सुझावहरु दिएको छ । जसमा शीत भण्डारबाट बीउ आलु २०–३० दिन अगावै निकाल्नु पर्ने, बाहिरी तापक्रमसँग मिलाउन बोरा खोली छायाँमा बीउ आलुलाई फिजाउने र सडेगलेका हटाउने सुझाव दिइएको छ ।
यस्तै बीउ फिजाउँदा पसिना आउने हुनाले टाढा लैजाँदा पसिना सुकेर ओभानो भइसकेपछि मात्र लैजानु पर्ने र बीउ रोप्ने स्थान शीत भण्डार नजिकै भएको खण्डमा घरैमा उक्त कार्य गर्न सकिने कार्यालयले जनाएको छ ।
साथै आयातित आलु बीउको रुपमा प्रयोग भइरहेकाले सम्पूर्ण कृषकहरुलाई स्रोत यकिन नभएका आलु बीउको रुपमा प्रयोग नगर्न पनि कार्यालयको अनुरोध छ ।
Lavc57.89.100 