निर्वाचनले सबैलाई छोइसकेकै बेला आआफ्नो पालिका र वडामा कति मतदाता होलान् भन्ने सबैलाई चासो हुन्छ । त्यसलाई मध्यनजर गर्दै हामीले काभ्रेका कुन पालिकाको कुन वडामा कति मतदाता छन् भनेर जानकारी दिने प्रयास गरेका छौं । हामी क्रमशः सबै पालिकाको जानकारी दिँदै जानेछौं ।
धुलिखेल नगरपालिकामा २७ हजार ९१५ मतदाता
काभ्रेको सदरमुकामसमेत रहेको धुलिखेल नगरपालिकामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कूल २७ हजार ९१५ जना मतदाता रहेका छन् । जसमा सबैभन्दा धेरै वडानम्बर ११ मा ३ हजार ५९७ मतदाता छन् भने सबैभन्दा कम वडानम्बर १० मा १ हजार ४४३ जना रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेले दिएको जानकारीअनुसार वडानम्बर १ को देवीस्थान निमावि, लामाटोल केन्द्रमा १ हजार ६३५ मतदाता रहेका छन् । वडानम्बर २ को वडा कार्यालय केन्द्रमा २ हजार २५३ जना, वडानम्बर ३ को पञ्चकन्या आधारभूत विद्यालय केन्द्रमा १ हजार ८१८ जना मतदाता रहेका छन् ।
यस्तै वडानम्बर ४ को नापी तालिम केन्द्रमा २ हजार ४२ जना, वडानम्बर ५ को श्रीखण्डपुर मावि, खड्पु, केन्द्रमा १ हजार ७१३ र वडानम्बर ६ को पूर्णसञ्जीवनी मावि, केन्द्रमा १ हजार ४८४ तथा सोही वडाको गीता मन्दिर भवन केन्द्रमा १ हजार ४५ मतदाता रहेको तथ्यांक छ ।
धुलिखेलको वडानम्बर ७ स्थित लखनामाई शान्ति प्राथमिक विद्यालय केन्द्रमा १ हजार २७६, सोही वडाको सञ्जीवनी मावि, केन्द्रमा १ हजार ३९४ जना मतदाता छन् । वडानम्बर ८ को चक्रदेवी प्रावि, केन्द्रमा १ हजार ३७५, सोही वडाको सरस्वती माध्यमिक विद्यालय, बडालगाउँ केन्द्रमा १ हजार ४३४ मतदाता रहेका छन् । यस्तै वडानम्बर ९ को करथरी मावि केन्द्रमा २ हजार ७९ र सोही वडाको बछलादेवी मावि, केन्द्रमा ७४२ जना मतदाता छन् ।
वडानम्बर १० स्थित कालिका माध्यमिक विद्यालय, शारदाबतासे, केन्द्रमा १ हजार ४४३, वडानम्बर ११ को कालीदेवी मावि, केन्द्रमा १ हजार ६३० र सोही वडाको हनुमान मावि, केन्द्रमा १ हजार ९६७ जना रहेका छन् ।
नगरपालिकाको वडानम्बर १२ को शंखेश्वरी महालक्ष्मी मावि, केन्द्रमा १ हजार ६०३ तथा सोही वडाको इटे सामुदायिक भवन, केन्द्रमा ९८२ जना मतदाता रहेका छन् । यस पालिकामा १८ मतदानस्थलमा ३४ वटा केन्द्र रहेका छन् ।
यस निर्वाचनमा भाग लिन पाउने जिल्लामा कुल संख्या ३ लाख २६ हजार ६११ मतदाता रहेका छन् । जसमा पुरुषको संख्या १ लाख ६७ हजार ४९९, महिलाको संख्या १ लाख ५९ हजार ११० र अन्य २ जना रहेका छन् ।
जिल्लाका दुई निर्वाचन क्षेत्रमा यसपटक क्षेत्रनम्बर १ मा १८ र क्षेत्रनम्बर २ मा २४ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जसमध्ये ११ जना स्वतन्त्र उम्मेदवार रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेले जानकारी दिएको छ ।
पाँचखालका कुन वडामा कति मतदाता ?
पाँचखाल नगरपालिकामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कूल ३२ हजार ४०७ जना मतदाता रहेका छन् । जसमा सबैभन्दा धेरै वडानम्बर १२ मा ३ हजार ७९५ मतदाता छन् भने सबैभन्दा कम वडानम्बर ७ मा १ हजार ८३८ जना रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेले दिएको जानकारी अनुसार वडानम्बर १ को कालिका मावि, कोट्याङ केन्द्रमा १ हजार २९६ मतदाता रहेका छन् । सोही वडाको ज्ञानेश्वरी मावि, केन्द्रमा १ हजार १९७ जना मतदाता छन् ।
वडानम्बर २ को बालप्रतिभा आधारभूत विद्यालय, अनेकोट केन्द्रमा ३ हजार १७८ जना, वडानम्बर ३ को सर्वमंगला मावि केन्द्रमा २ हजार २६ जना मतदाता रहेका छन् ।
यस्तै वडानम्बर ४ को दुग्देश्वरी मावि, केन्द्रमा २ हजार ३४८ जना, वडानम्बर ५ को वडा कार्यालय केन्द्रमा १ हजार ९५१ र वडानम्बर ६ को जोरपाटी मावि, तिनपिप्ले केन्द्रमा १ हजार ६४० तथा सोही वडाको भमरकोट हिमालय आधारभूत विद्यालय केन्द्रमा १ हजार ८९८ मतदाता रहेको तथ्यांक छ ।
पाँचखालको वडानम्बर ७ स्थित नारायणस्थान आधारभूत विद्यालय केन्द्र होक्सेमा १ हजार ८३८, वडानम्बर ८ को जनता मावि केन्द्रमा १ हजार ४५९, सोही वडाको सून्दर सूर्योदय आधारभूत विद्यालय, खर्कडाँडा केन्द्रमा ७१४ मतदाता रहेका छन् ।
यस्तै वडानम्बर ९ को पलाञ्चोक भगवती मावि केन्द्रमा २ हजार ७८१, वडानम्बर १० स्थित राधाकृष्ण आधारभूत विद्यालय, केन्द्रमा १ हजार ८६४, वडानम्बर ११ को गंगादेवी प्रावि, केन्द्रमा १ हजार १८९ र सोही वडाको भगवती मावि, केन्द्रमा १ हजार २९२ जना रहेका छन् ।
नगरपालिकाकै सबैभन्दा धेरै मतदाता रहेको वडानम्बर १२ को आजाद मावि, वालुवा केन्द्रमा १ हजार ७६२ तथा सोही वडाको भुवनेश्वरी आधारभूत केन्द्रमा २ हजार ६३ जना मतदाता रहेका छन् भने वडानम्बर १३ को श्रीराम मावि, कोशीदेखा केन्द्रमा १ हजार ९४१ जना मतदाता रहेका कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ । यस पालिकामा १८ मतदानस्थलमा ३८ वटा केन्द्र रहेका छन् ।
बनेपा नगरपालिकामा ४० हजार ९१० मतदाता, कुन वडामा कति ?
बनेपा नगरपालिकामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कूल ४० हजार ९१० जना मतदाता रहेका छन् । जसमा सबैभन्दा धेरै वडानम्बर ८ मा ३ हजार ९२१ मतदाता छन् भने सबैभन्दा कम वडानम्बर ११ मा १ हजार ६९८ जना रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेले दिएको जानकारी अनुसार १४ वटा वडा रहेको बनेपामा जिल्लाकै सबैभन्दा धेरै मतदाता रहेका छन् । वडानम्बर १ को वडा कार्यालय केन्द्रमा २ हजार १४७ मतदाता रहेका छन् । वडानम्बर २ को रत्न चुडेश्वर मावि, पानीमुण्डे केन्द्रमा २ हजार २५७ जना, वडानम्बर ३ को नन्दादेवी आधारभूत विद्यालय केन्द्रमा १ हजार २२८ र सोही वडाको शुभ चामुण्डा मावि, केन्द्रमा २ हजार ३७४ जना मतदाता छन् ।
यस्तै वडानम्बर ४ को चण्डेश्वरी मावि, केन्द्रमा ३ हजार ४७६ जना, वडानम्बर ५ को आजाद मावि केन्द्रमा ७३८, सोही वडाको गंगादेवी मावि, केन्द्रमा १ हजार ३४४ र हिमालय मावि केन्द्रमा १ हजार ६७५ जना मतदाता छन् । वडानम्बर ६ को भक्तेश्वरी आधारभूत विद्यालय, बुडोल केन्द्रमा २ हजार ४६० मतदाता रहेका छन् ।
बनेपाको वडानम्बर ७ स्थित न्यू बहाल, वफुटोल केन्द्रमा ५८१, सोही वडाको सरस्वती आधारभूत विद्यालय, केन्द्रमा ७३७ जना र साझा गोदाम केन्द्रमा २ हजार ३०० मतदाता छन् ।
वडानम्बर ८ को चैतन्य मावि केन्द्रमा १ हजार ७७३, सोही वडाको बहीबहाल, बहीटोल केन्द्रमा ६६४ र शिक्षासदन मावि, केन्द्रमा १ हजार ४८४ मतदाता रहेका छन् । यस्तै वडानम्बर ९ को नारायणस्थान भजनमण्डल केन्द्रमा १ हजार ५०० र सोही वडाको वडा कार्यालय, केन्द्रमा १ हजार ९५३ जना मतदाता छन् ।
वडानम्बर १० स्थित वडा कार्यालय केन्द्रमा ३ हजार ७१, वडानम्बर ११ को ए.भि.एम विद्यालय, केन्द्रमा १ हजार ६९८ जना रहेका छन् ।
वडानम्बर १२ को गणेशभारती मावि, केन्द्रमा १ हजार ३९८ तथा सोही वडाको वडा कार्यालय केन्द्रमा १ हजार २४० जना मतदाता रहेका छन् भने वडानम्बर १३ को वडा कार्यालय केन्द्रमा २ हजार ४६८ जना मतदाता छन् । वडानम्बर १४ को जागृत मावि केन्द्रमा १ हजार १६१ र सोही वडाको नासिका मन्दिर, साँगा केन्द्रमा १ हजार १८३ जना मतदाता रहेका कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ । यस पालिकामा २४ मतदानस्थलमा ५३ वटा केन्द्र रहेका छन् ।
मण्डनदेउपुरमा कुन वडामा कति मतदाता ?
काभ्रेको मण्डनदेउपुर नगरपालिकामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कूल ३० हजार ४९४ जना मतदाता रहेका छन् । जसमा सबैभन्दा धेरै वडानम्बर १० मा ३ हजार ११९ मतदाता छन् भने सबैभन्दा कम वडानम्बर ४ मा १ हजार ९९२ जना रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेले दिएको जानकारी अनुसार वडानम्बर १ को वालुवापाटी मावि केन्द्रमा २ हजार ७४१ मतदाता रहेका छन् । वडानम्बर २ को वडा कार्यालय केन्द्रमा २ हजार ३१९ जना, वडानम्बर ३ को वडा कार्यालय केन्द्रमा २ हजार १०५ जना मतदाता रहेका छन् ।
यस्तै वडानम्बर ४ को महाकाली मावि, चैनपुर केन्द्रमा १ हजार ९९२ जना, वडानम्बर ५ को तपेश्वर मावि केन्द्रमा २ हजार ६६२ र वडानम्बर ६ को ब्रम्हायणी मावि केन्द्रमा २ हजार ६४० मतदाता रहेको तथ्यांक छ ।
मण्डनदेउपुरको वडानम्बर ७ स्थित वडा कार्यालय केन्द्रमा २ हजार ६४४, वडानम्बर ८ को भवानी आधारभूत विद्यालय केन्द्रमा २ हजार ४१५, वडानम्बर ९ को उमा विद्यामन्दिर, नरबन्दापाटी केन्द्रमा १ हजार ६६७ तथा सोही वडाको डेडीथुम्का मावि केन्द्रमा १ हजार २६८ मतदाता रहेका छन् ।
नगरपालिकाकै सबैभन्दा धेरै मतदाता रहेको वडानम्बर १० स्थित विन्धवासिनी मावि, केन्द्रमा १ हजार ८२२ तथा सोही वडाको उमाशह मावि केन्द्रमा १ हजार २९७ जना, वडानम्बर ११ को भगवती प्रावि, गैराथोक केन्द्रमा ९८५ र सोही वडाको वडा कार्यालय केन्द्रमा १ हजार ६१० जना र वडानम्बर १२ को इन्द्रावती मावि, साण्डीवेँसी केन्द्रमा १ हजार ३३३ तथा सोही वडाको बागदेवी मावि केन्द्र, देउरालीमा ९९४ जना मतदाता रहेका कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ । यस पालिकामा १६ मतदानस्थलमा ३६ वटा केन्द्र रहेका छन् ।क्रमशः……..
