काभ्रे । नमोबुद्ध नगरपालिकामा छाडा कुकुरहरूको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामुदायिक तथा छाडा कुकुरहरूको स्थायी बन्ध्याकरण तथा रेविज रोगविरुद्धको खोप कार्यक्रम नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको छ।
उक्त कार्यक्रम अन्तर्गत गत माघ ७ गतेदेखि १० गतेसम्म भकुण्डेबेँशीमा भाले ८० वटा र पोथी ३२ वटा कुकुरहरूको तथा माघ ११ र १२ गते दाप्चामा भाले ५३ वटा र पोथी ३० वटा कुकुरहरूको गरी जम्मा भाले १३३ वटा र पोथी ६२ वटा, कुल १९५ वटा कुकुरहरूको स्थायी बन्ध्याकरण तथा रेविज रोगविरुद्धको खोप लगाइएको हो ।
साथै पाँच वटा बिरामी कुकुरहरूको उपचार गरिएको र थप ४० वटा कुकुरहरूलाई रेविज रोगविरुद्धको खोप प्रदान गरिएको छ ।
यस कार्यक्रमको सफल सञ्चालनमा प्राविधिक सहयोग प्रदान गर्नु हुने डा. अनुसुया भट्टराई, डा. प्रदीप सिंह, सुजन भण्डारी, सुनिल भण्डारी, डेनिश भण्डारी, सफल आचार्य तथा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर (ल्ब्ध्च्ऋ) को सम्पूर्ण टिमलाई नमोबुद्ध नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ ।
