सिन्धुपाल्चोक । बाँसखर्क गरिबी निवारण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाँचपोखरी थाङपाल–१ को छैठौं बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट बुद्धनारायण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति चयन गरिएको छ । समितिको उपाध्यक्ष मनिष ग्राङदेन, सचिव प्रदीप दोङ, कोषाध्यक्ष आइती तामाङ र सदस्यहरुमा शेरबहादुर ब्लोन, न्हेमा स्याङ्बो, न्हेमा थिङ, विद्या वि.क, सम्झना श्रेष्ठ रहनुभएको छ ।
कार्यक्रममा २७ जना जेष्ठ नागरिकलाई हर्लिक्स वितरणका साथै २ जना असल बचतकर्ता २ जना असल कारोबारीलाई सम्मान गरिएको सहकारीका व्यवस्थापक गणेश विकले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै वडा अध्यक्ष आलोककुमार स्याङबोले यस वडाको सामाजिक, राजनीतिक र स्थानीयको जीवनस्तर सुधार्न सहकारीले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले सहकारीको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा आर्थिक प्रतिवेदन सहकारीका व्यवस्थापक गणेश विकले प्रस्तुत गर्नुभयो । कार्यक्रममा अन्य जनप्रतिनिधि, बुद्धिजिवि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सहकारीका अध्यक्ष बुद्धनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । साथै आज भएको चिठ्ठा कार्यक्रममा पहिलो हुनेलाई मकै छोडाउने मेसिन, दोस्रो पुरस्कार २ सय लिटर थोपा सिंचाई सेट र तेस्रो पुरस्कार १६ लिटरको स्प्रे पुरस्कारसमेत प्रदान गरिएको थियो । सहकारीमा ४५३ सदस्य रहेका छन् ।
