बनेपा । बनेपा नगरपालिका वडानम्बर–७ स्थित क्षितिज इङ्गलिश बोर्डिङ स्कुलले आफ्नो स्थापनाको १९ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले बिहीबार १९ औं वार्षिक उत्सव एवं २०८१ सालमा एसईई उत्तीर्ण भएका विद्यार्थीलाई बिदाइ तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
अरनिको पार्टी प्यालेसमा आयोजित कार्यक्रमका प्रमुख अतिथीको रुपमा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सविता दंगाल हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्यार्थीलाई स्वदेशमै रोक्न सक्ने गरि सीपमूलक र व्यवहारिक शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । प्रविधीको सदुपयोगले शिक्षालाई सीपमुलक बनाएको तर यसको दुरुपयोगले आज धेरै विद्यार्थीलाई बिगारेको बताउँदै उहाँले नयाँ पुस्तालाई सहि शिक्षा प्रदान गर्नु आजको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालय संचालक समितिका सदस्य हरिगोपाल प्रधानाङ्गले ०६३ सालदेखि जिल्लाको कात्तिकेदेउरालीबाट यो विद्यालय शुरुवात भएको र पछि बनेपामा स्थानान्तरण गरि हालसम्म संचालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ०६६ सालदेखि यस विद्यालयले एसएलसी परीक्षामा विद्यार्थी समावेश गराउन थालेको हो । त्यसयता हालसम्म ५५७ जना विद्यार्थीले एसएलसी÷एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण भएका छन् । विद्यालयमा हाल करिब नौ सय विद्यार्थी अध्ययनरत छन् ।
कार्यक्रमका विशेष अतिथी बरिष्ठ साहित्यकार मोहन दुवाल, प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल, सञ्चालक सदस्य भोला केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदयराम कायस्थ, विद्यालयका संरक्षक गोविन्दलाल प्रधानाङ्ग लगायतले शुभकामना व्यक्त गर्दै विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी र एसईई २०८१ मा उत्तीर्ण हुनेहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रम विद्यालयका सञ्चालक समिति अध्यक्ष विकास श्रेष्ठको सभापतित्वमा भएको थियो । विद्यालयको वार्षिक तथा प्रगती प्रतिवेदन प्रिन्सिपल लिलाधर पौडेलले प्रस्तुत गर्नुभएको थियो । विद्यार्थीहरुका सांगितिक प्रस्तुतीले कार्यक्रम थप रोचक र रमणीय बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *