घट्टेखोला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश पूर्वमहामन्त्री देव विक नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विक रास्वपा अघि नेकपा (माओवादी केन्द्र ) समर्थित क्रान्तिकारी युवा लिग नेपाल बागमती प्रदेश सदस्य थिए ।

यस्तै, नेकपा (माओवादी केन्द्र) को रोशी गाउँपालिका वडा नं ५ का अध्यक्ष लनमदोर्जे लामासहित ७ जना नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् । रोशी गाउँपालिका–६ का विक र रोशी–५ का लामासहित ७ जना कांग्रेस प्रवेश गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र)का मोहन लामा, पाल्साङ लामा तामाङ, जनजाति केन्द्रीय सदस्य खड्ग लामा, विप्लव लामा र उरेन्द्र मैनाली नेपाली कांग्रेस प्रवेश गरेका हुन् । पहिला जुन पार्टीमा लागेपनि बाटो बिराएको महसुस गरेर तटस्थ बसेको विकले बताए ।

भूमिहीन, दलित, किसान, मजदुरको मुद्दालाई रास्वपाले सहि ढंगले बोक्न नसकेकोप्रति असन्तुष्टी जाहेर गर्दै नेपाली कांग्रेसले सभापति थापाको नेतृत्वमा उक्त मुद्दालाई सम्बोधन गर्दै विश्वास लिएको उनले बताए । नेपाली कांग्रेसका तत्कालिन महामन्त्री एवं हालका सभापति गगन थापाले जेनजी आन्दोलनको समयमा सामाजिक सञ्जालमा दिएको सन्देशसहित आन्दोलनलाई समर्थन गरेकाले पनि कांग्रेसप्रति आकर्षित भएको उनको भनाइ छ ।

काभ्रे क्षेत्र नम्बर १ का उम्मेदवारहरू मध्ये कांग्रेसका गुणराज मुक्तान अब्बल, क्षमतावान र सरल साथै जनताको मुद्दालाई आत्मसात गर्न सक्ने उम्मेदवार भएकाले पनि नेपाली कांग्रेसमा प्रवेश भएको विकले बताए । उनले राजनीतिक अनुभव, क्षमता र नेपाली कांग्रेसका उम्मेदवार मोक्तानलाई जिताउन खर्चिने प्रतिबद्धता व्यक्त गरे ।

नवप्रवेशीहरूलाई नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार गुणराज मुक्तान, क्षेत्रीय सभापति तथा निर्वाचन परिचालन समितिका संयोजक दिनेश लामा लगायतले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *