काभ्रे । बनेपामा कार्यालय रहेकाे नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बजार प्रतिनिधि/सहायक कर्मचारी पदका लागि एक जना कर्मचारी माग गरेको छ ।

संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार आवेदकले कम्तीमा १०+२ उत्तीर्ण गरेको हुनुपर्नेछ । उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । समुदायसँग राम्रो सम्बन्ध विस्तार गर्न सक्ने तथा प्रशासनिक र कम्प्युटरसम्बन्धी ज्ञान भएकालाई प्राथमिकता दिइने संस्थाले जनाएको छ ।

छनोट भएका कर्मचारीले दैनिक बचत संकलन तथा संस्थाका अन्य प्रशासनिक कार्य गर्नुपर्नेछ । तलब–सुविधा संस्थाको नियमानुसार उपलब्ध गराइनेछ भने बोनस र संस्थाको पोशाकसमेत प्रदान गरिने जनाइएको छ ।

आवेदन शुल्क १०० रुपैयाँ तोकिएको छ । इच्छुक नेपाली नागरिकले हस्तलिखित निवेदन, शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको एक प्रति फोटो र बायोडाटासहित २०८३ असार ३० गतेभित्र आवेदन दिन सक्नेछन् । उम्मेदवारको छनोट लिखित, मौखिक तथा प्रयोगात्मक परीक्षामार्फत गरिने संस्थाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *