काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गर्नुभएको छ।

बुधबार सामाजिक सञ्जाल एक्समार्फत उहाँले अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएकामा राष्ट्रपति ट्रम्पलाई बधाई दिनुहुँदै कार्यकालको पूर्ण सफलताको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति ट्रमको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने आशा व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *