काठमाडाैं । बिहीबार ह्वात्तै घटेकाे सुनको भाउ आज फेरि उकालाे लागेकाे छ ।
गत मंगलबार खुलेकाे बजारमा साे दिन सुनको भाउ तोलामा २ हजार ८ सयले घटेको भएपनि बुधबार भने तीन सयले बढेकाे थियाे । बिहीबार एकैदिन चार हजारले घटेकाे थियाे । आज भने दुई हजारले बढेकाे हाे ।
बिहीबार १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएकाे सुन आज १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । बिहीबार १ हजार ९६० रुपैयाँमा कारोबार भएकाे चाँदी आज भने ताेलाकाे २० रुपैंयाँले बढेर १ हजार ९८० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ।
