काठमाडाैं । बिहीबार सुनको भाउ ह्वात्तै घटेकाे छ ।

गत मंगलबार खुलेकाे बजारमा साे दिन सुनको भाउ तोलामा २ हजार ८ सयले घटेको भएपनि बुधबार भने तीन सयले बढेकाे थियाे ।

बुधबार १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएकाे सुन आज १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउमा पनि गिरावट आएको छ । बुधबार २ हजार १५ रुपैयाँमा कारोबार भएकाे चाँदी आज भने ताेलाकाे ५५ रुपैंयाँले घटेर १ हजार ९६० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *