काभ्रे । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकले आयोजना गरेको सल्लाहकार तथा उप—समितिलाई स्वागत तथा बधाई कार्यक्रममा संघका सल्लाहकार मुकुन्द प्रसाद दाहालले जिल्ला सहकारी संघ लिमिटेडले “क” बर्गमा परेका सहकारी संस्थाहरुका लागि १ करोड सम्म विना धितोमा कर्जा लगानि गर्नुपर्छ भन्नुभएको छ ।
स्वागत तथा बधाई कार्यक्रममा सल्लाहकार दाहालले हालै सम्पन्न अधिवेशनलाई मध्यनजर राख्दा सहकार्यको आधारमा संघ अगाडि बढेको छ । यो सकारात्मक कार्य हो, सहकारी संघका निवर्तमान टिमले संघलाइ मुलुककै उत्कृष्ट वनाउन सफल भएका छ । अघिल्लो टिमले गरेका राम्रा कार्यहरुलाई निरन्तरता दिदै अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा सहकारी संघका अध्यक्ष अमन पोटे श्रेष्ठले कार्यक्रमको औचित्य, संघको गतिबिधि, आगामी कार्ययोजनाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । त्यस्तै संघका सचिव प्रकाश बन्जाराद्वारा सञ्चालित तथा उपाध्यक्ष–शान्ति लामा तामाङद्वारा स्वागत मन्तव्य राखिएको कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समिति संयोजक डिल्ली प्रसाद आचार्य, स्रोत परिचालन तथा अन्तर लगानी उप समिति सदस्य ज्ञानेन्द्र कुमार तामाङ, सामुदायिक विकास तथा अतिरिक्त क्रियाकलाप उप समिति सदस्य राजु सिग्देल र सुचना संचार तथा प्रकाशन उप समिति सदस्य प्रदिप के.सीले पाँच बुँदे अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । जसमा जिल्ला सहकारी संघमा आबद्ध सदस्यहरुलाई भाडा दर सहुलियत हुनुपर्ने सदस्य सहकारीहरुलाई निःशुल्क कार्यक्रम गर्न हलको व्यवस्था गरिनुपर्ने, सहकारी सदस्यहरुलाई सहकारी अभिमुखीकरण कार्यक्रम राखिनुपर्ने, सदस्य सहकारीहरुलाई शेयर, बचत थप गर्न प्रोत्साहनका कार्यक्रमहरु तयारी गर्नुपर्ने र कृषि सहकारीहरुलाई छुट्टै खालका कार्यक्रमहरु माग गर्न प्रस्तावना तयार गरी पेश गरिने व्यवस्था मिलाउन ध्यानाकर्षण गराउनुभएको थियो ।
जसको मुल समितिमा अध्यक्ष अमन पोटे श्रेष्ठ, उपाध्यक्ष शान्ती लामा तामाङ, महिला उपाध्यक्ष मीरा सत्याल, सचिव प्रकाश बन्जारा, कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटा, सदस्यहरुमा पूर्णसागर रंजित, अम्बिका तिमल्सिना, जगनाथ श्रेष्ठ, मोहन कुमार श्रेष्ठ, रोशन कुमार श्रेष्ठ, सुदर्शन अधिकारी, महिला सदस्य देवकी तिमल्सिना दाहाल, लेखा सुपरिवेक्षेण संयोजक डिल्ली प्रसाद आचार्य, लेखा सुपरिवेक्षेण सदस्य पवन राज कर्णजित, सल्लाहकार दिलिप शर्मा, मुकुन्द प्रसाद दाहाल रहनुभएको छ । त्यस्तै अनुगमन तथा मूल्यांकन उप समितिमा ज्ञानेन्द्र लामा, शान्त कुमार श्रेष्ठ, रामलाल दुवाल, भवसागर रञ्जित, स्रोत परिचालन तथा अन्तरलगानी उप समितिमा ज्ञानेन्द्र कुमार लामा, जनक लामा,रुपक ताम्राकार, महिला बिकास उप समितिमा गोमा गोले, मीना लामा, सुमित्रा आचार्य बञ्जारा, राम शोभा खड्का रहनुभएको छ ।
युवा समन्वय समितिमा समेश सापकोटा, गोपाल नेपाली, पवन घिमिरे, रमेश थापा, सहकारी प्रर्वदन तथा सीप विकास उप समितिमा गोविन्द प्रसाद पराजुली, गोपाल प्रसाद तिमल्सिना, विष्णु प्रसाद गौतम, माधव दाहाल, कृषि व्यवसाय प्रबर्द्धन उप समितिमा बलराम कोईराला, श्याम बहादुर दुलाल, पासाङ लामा, ओकिल बहादुर मगर, सामुदायिक विकास तथा अतिरिक्त कियाकलाप उप समितिमा राजु सिग्देल, वेन गोपाल तौजले, सन्तोष थापा, केशव प्रसाद वडाल, सहकारी निति निर्माण उप समितिमा विनोद प्रसाद अधिकारी, नरेन्द्र लामा, शिव प्रसाद ढुंगेल, सूचना संचार तथा प्रकाशन उप समितिमा प्रदिप के.सी., इश्वरी राजकुमार मैनाली, नवराज बजगाँइ, मदन वि.क., शिक्षा तथा तालिम ब्यबस्थापन उप समितिमा सनिता बजगाँइ, सूर्य कुमार श्रेष्ठ, बद्री प्रसाद सापकोटा, माधव प्रसाद श्रेष्ठ रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *