भकुण्डेबेसी । नमोबुद्ध नगरपालिका वडा नं. ६ फेदी स्थित बि.पि.राजमार्गमा काठमाण्डौबाट सिन्धुली तर्फ जादै गरेको बा ५ ख १५०१ नम्बरको हायस र बिपरित दिशाबाट आउदै गरेको बा.५ ख ८६८२ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारको लागि मेथिनकोट अस्पताल र धुलिखेल अस्पताल पठाईएको जानकारी गराएको छ । घाइते हुनेहरूमा हायस चालक जिल्ला धादिङ गल्छि बस्ने अन्दाजी बर्ष ३३ को शंखर भुजेल र बसमा सवार घाईतेहरु जिल्ला झापा भद्रपुर न.पा .वडा नं. ९ बस्ने बर्ष अं.३७ को राजु पौडेल र तेमाल गा.पा वडा नं. ५ गिम्दी बस्ने बर्ष २४ कि कुमारी तामाङ रहेका छन् ।
