बनेपा । उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि.को २२औं वार्षिक साधारण सभा असोज ४ गते सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन संस्थाका अध्यक्ष पूर्णप्रसाद पलाञ्चोकेले गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सचिव दियेसरत्न शाक्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हाल संस्थामा १,७९१ शेयर सदस्य रहेको र तिनीहरूबाट ६ करोड ६९ लाख ९२ हजार रुपैयाँ शेयर पूँजी संकलन भएको जानकारी दिनुभयो ।

त्यस्तै संस्थाको कुल बचत ८४ करोड ९ लाख ३१ हजार र कुल ऋण लगानी ६७ करोड ४१ लाख ७३ हजार रहेको उल्लेख गर्नुभयो । उहाँले हालको मन्दीका कारण कारोबारमा असर परेको भए पनि संस्था निरन्तर अघि बढिरहेको जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका जेष्ठ शेयर सदस्यहरूलाई सम्मान पनि गरिएको थियो ।

साधारण सभामा कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारीले कोषाध्यक्ष प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक शान्तिराज कायस्थले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *