बनेपा । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अक्ष्यक्ष नविन भक्त बादे श्रेष्ठको अध्यक्षता तथा संस्थाका पूर्वउपाध्यक्ष तथा बागमती प्रदेश सामाजिक बिकास मन्त्री कन्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

प्रमुख अतिथि बादेले चण्डेश्वरी साकोसले समुदायमा आधारित भई बिगत ३ दशकदेखि नै सहकारी मूल्य मान्यता अनुरुप आन्तरिक सुशासन कायम गरी सदस्यहरुलाई सेवा सुविधा दिँदै आएको हुँदा समुदायमा भरपर्दो सहकारीको रुपमा आफ्नो पहिचान बनाएको बताए ।

सभामा संस्थाका उपाध्यक्ष रमेश काजी श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । सभामा संस्थाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, गत आव २०८१/०८२ को नीति तथा कार्यक्रमको समीक्षा र आ.व. २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम योजना सचिव बुद्धरत्न मानन्धरले प्रस्तुत गरेका थिए ।

कोषाध्यक्ष गणेशकुमार रञ्जितले आ.व. २०८१/०८२ का लागि १० प्रतिशत लाभांश घोषणा गर्दै संस्थाको आ.व. २०८१/०८२ को आर्थिक प्रगति समीक्षा र आ.व. २०८२/०८३ को आर्थिक कार्यक्रम र बजेट योजना प्रस्तुत गरेका थिए । लेखा सुपरीवेक्षण समितिका संयोजक राम प्रसाद श्रेष्ठले संस्थाको गत आ.व. २०८१/०८२ को समग्र समिक्षा प्रतिवेदन पेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *