बनेपा । काभ्रेकाे बनेपामा मुख्य कार्यालय रहेकाे बुडाेल सामुदायिक साकाेसकाे २६ औं वार्षिक साधारण सभा आगामी मंशिर ६ गते हुने भएकाे छ।
यसअघि भदाै २९ गते शुरु भइ असाेज ६ गते सम्पन्न हुने कार्यक्रम तय भइसकेकाे अवस्थामा भदाै २३ र २४ गतेकाे जेनजी आन्दाेलनपछि उत्पन्न राजनीतिक अवस्थाका कारण स्थगित साधारणसभा मंशिर ६ गते हुन लागेकाे हाे ।
साे दिन बनेपाकाे उग्रचण्डी हाेटल, माँ उग्रचण्डी पार्टी भेन्यु नाला, धुलिखेल तालिम केन्द्र धुलिखेल र पाँचखाल सेवा केन्द्र पाँचखालमा एउटै समयमा साधारण सभा हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले जानकारी दिनुभयाे ।
गत असाेज ६ गते बसेकाे संचालक समितिकाे बैठकले नयाँ कार्यक्रमकाे मिति सार्वजनिक गरेकाे हाे ।

