पनौती । काभ्रेको पनौती नगरपालिका वडा नम्बर ४ टौखालमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ३१ औं साधारण सभा कात्तिक २८ र २९ गते हुने भएको छ ।

कार्यालयले एक सूचना प्रकाशित गर्दै संस्थाका विभिन्न शाखाहरु र मुख्य कार्यालय पनौतीमा हुने साधारण सभाबारे जानकारी गराएको हो ।

जस अनुसार कात्तिक २८ गते बनेपा, भकुण्डे, पाँचखाल र काठमाडौं सेवा केन्द्रमा साधारणसभा हुनेछ भने २९ गते मुख्य कार्यालय पनौती, कुशादेवी र ढुंखर्क सेवा केन्द्र तथा उपएकाई कार्यालयहरुको साधारण सभा हुन लागेको हो ।

सूचनामा उल्लेख भए अनुसार साधारण सभाको कार्यसूची यस्तो छ:

१) एकाई साधारण सभा तथा निर्णय प्रमाणीकरण सभाका निर्णयहरु प्रमाणित गर्न प्रतिनिधि चयन गर्ने सम्बन्धमा ।
२) प्रतिवेदनहरु पारित गर्ने सम्बन्धमा ।
३) आ.व. २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।
४) आ.व. २०८२/०८३ को लागि वार्षिक कार्ययोजना तथा बजेट पारित गर्ने सम्बन्धमा ।
५) रणनीतिक व्यवसायिक योजना (०७९/८०–०८३/८४) पुनरावलोकन सम्बन्धमा ।
६) आ.व. २०८२/०८३ को लागि बाह्य लेखा परीक्षक नियुक्ती गर्ने र पारिश्रमिक तोक्ने सम्बन्धमा ।
७) विनियम संशोधन गर्ने सम्बन्धमा ।
८) आन्तरिक नीति तथा कार्यविधिहरु सम्बन्धमा ।
९) संस्था एकीकरण गर्ने सम्बन्धमा ।
१०) शेयर लाभांश वितरण गर्ने सम्बन्धमा ।
११) संरक्षित पूँजी फिर्ता कोष वितरण गर्ने सम्बन्धमा ।
१२) सम्पत्ती बिक्री गर्ने सम्बन्धमा ।
१३) सदस्यहरुका सुझाव सम्बन्धमा ।
१४) उप–निर्वाचन सम्बन्धमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *