धुलिखेल । पनौती नगरपालिका वडा नं ९ बाट २७ बुक तास र १ लाख २२ हजार ८ सय ४५ नगदसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फर्निचर बनाउने टहरामा तास, जुवा खेल्ने÷खेलाउने कार्य भइरहेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै बनेपाको पुल बजारमा रहेको हाम्रो खाजा घरमा अवैधरुपमा यौनजन्य क्रियाकलाप भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनेपाबाट गएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरिक्षक रविन विष्टले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *