बनेपा । आजदेखि हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार शुरु भएको छ । यमपञ्चक पन िभनिने यो पर्व पाँच दिनसम्म मनाइन्छ । पहिलो दिन आज काग तिहार हो ।
यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको हो ।
जस अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष शम्भुप्रसाद ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । सो साइतमा टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्कनु पर्ने बताइएको छ । समितिले हरेक पर्वका शुभ साइतहरु सार्वजनिक गर्दै आइरहेको छ ।
बिहीबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने मान्यता रहेको छ ।
यसवर्ष यमपञ्चक कात्तिक २ गते आइतबारदेखि शुरु हुन्छ । यस दिन काग तिहार परेको छ । धनवन्तरी जयन्ती यसै दिन मनाइन्छ । ३ गते कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । ४ गते औँसी र ५ गते गोवर्धन पूजा परेको छ । गाई, गोरु र आत्म (म्ह) पूजा तथा नेपाल सम्वत अनुसार नयाँ वर्ष पनि ५ गते परेको छ । कात्तिक ६ गते भाइटीका (किजापूजा) परेको समितिले जनाएको छ ।
