पनौती । पनौतीका पुराना भित्तेचित्रसम्बन्धी तयार पारिएको पुस्तक सार्वजनिक भएको छ ।
पनौती लायकु मञ्चमा एक कार्यक्रमका बीच पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पुस्तक बिमोचन गर्नुभएको हो ।
एक जना विदेशीसहित तीन जना लेखकहरुले तयार पारेको ‘पनौतीका भित्तेचित्र र यसको महत्व’ (धबिि एभलतष्लन या एबलबगतष् बलम तजभष्च अयलतभहत) नामको पुस्तक सार्वजनिक गरिएको फोटो पत्रकार प्रशान्त श्रेष्ठले जानकारी दिनुभयो ।
पुस्तकलाई फ्रान्सका मानवशास्त्री जेरार्ड टोफिन, पुरातत्व विभागका पूर्व निर्देशक रिद्धिबाबा प्रधान र पुरातत्व विभागका रसायनविद् भिमबरसिंह थापाले पुस्तक लेख्नु भएको हो । यसमा पनौतीका इतिहास झल्काउने चित्रहरुको बारेमा उल्लेख गरिएको बताइएको थियो ।
पुस्तक विमोचन गर्दै प्रमुख भण्डारीले प्रस्तुत पुस्तक पनौती नगरपालिकाले स्वामित्व ग्रहण गर्दै पुनः प्रकाशन गरिएको बताउनुभयो । पुराना मठमन्दिर, शिलालेख, चित्र, सम्पदालगायतका सामाग्री भोलिका पुस्ताले पनि पढ्न पाउन् भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको उहाँको भनाइ छ । हाम्रा धरोहरहरु हाम्रै आवश्यकताले मासिएका बताउँदै उहाँले संरक्षणमा नगरपालिकाले काम गरिरहेको जानकारी दिनुभयो । पनौतीको इतिहास जोगाउन प्रस्तुत पुस्तक महत्वपूर्ण हुने उहाँको विश्वास राख्नुभयो ।
कार्यक्रममा नगरपालिकाका स्थानीयवासी, पनौती पर्यटन सूचना केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यलगायतको उपस्थिती थियो । कार्यक्रम फोटो पत्रकार प्रशान्त श्रेष्ठले संचालन गर्नुभएको थियो ।
