धुलिखेल । काभ्रेमा ५ हजार ५६५ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय काभ्रेले दिएको पछिल्लो तथ्यांक अनुसार गत असोज १० देखि मंशिर ४ गतेसम्म सो संख्यामा मतदाता थपिएका हुन् ।
जिल्लामा अघिल्लो निर्वाचनमा प्रतिनिधि सभाका २ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका चार क्षेत्र विभाजन गरिएको थियो । अहिले पनि सोही संख्यामा क्षेत्रहरु छन् ।

३ लाख ७५ हजार २ सय २१ जनसंख्या रहेको काभ्रेपलाञ्चोक जिल्लामा असोज १० गतेसम्म ३ लाख १२ हजार ३ सय १६ मतदाता थिए । जसमा पुरुषको संख्या १ लाख ५९ हजार २०५, महिलाको संख्या १ लाख ५३ हजार ११० र अन्य २ जना रहेको तथ्यांक छ ।

सरकारले निर्वाचन घोषणा गरेयता जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम लेखाउन फोटो खिचाउनेको भीड बढेको छ । असोज १० गते १९ जनाको फोटो खिचाइएको थियो । यो अवधिमा सबैभन्दा धेरै कात्तिक २५ गते एकै दिन ४६५ जनाको फोटो खिचाइएको थियो । आज मंशिर ४ गते १२९ जनाको नाम दर्ता गराइएको कार्यालयले जनाएको छ ।

जिल्लामा ६ वटा नगरपालिका, ७ वटा गाउँपालिका, १ सय ३५ वडा रहेका छन् । जिल्लामा १ सय ९० वटा मतदानस्थल र ३ सय ८९ वटा मतदान केन्द्र कायम छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *