काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङ अन्ततः राजनीतिमै प्रवेश गरेका छन् । कुनैबेला माओवादीनिकट मानिने उनले आज उज्यालो नेपाल नामको पार्टी दर्ता गराएका छन् ।
यो पार्टी पहिले नै दर्ता भएको हो तर आज कुलमानले आफूनिकटहरू खटाएर अध्यावधिक गराएका हुन् । उनको उज्यालो नेपालले ५१ सदस्य केन्द्रीय समितिको प्रस्ताव गरेको छ । समितिमा उज्यालो नेपाल पार्टीका पूर्वसंयोजक ज्ञानबहादुर तामाङ सदस्य छन् ।
घिसिङले यस पार्टीमा ४ जना काभ्रेका सदस्यसहित ५१ सदस्य केन्द्रीय समितिको तयारी गरेको बुझिएको छ । काभ्रेका ई. डा. शंकर ढकाल, ज्ञानेन्द्रकुमार तामाङ, जितराम लामा र ज्योत्सना सैंजु रहेका छन् ।
