रोशी । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सभापति तथा बागमती प्रदेशसभा सदस्य तिर्थ लामालाई पितृशोक परेको छ ।
उहाँका पिता केशरबहादुर तामाङको गत शनिबार ८७ वर्षको उमेरमा निधन भएको हो ।
दाहसंस्कारको कार्य मङ्सिर ८ गते बिहान ९ बजे रोशी–६, लेखपानीमा भएको पारिवारिक स्रोतले जनाएको छ ।
