बनेपा । नेपाली कांग्रेस काभ्रेले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनका लागि उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर १ का सभापति दिनेश लामाको अध्यक्षतामा बसेको प्रतिनिधी सभा क्षेत्र नं १ को बैठकले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको लागि उम्मेदवारको नाम जिल्लालाई सिफारिस गरेको हो ।

प्रतिनिधी सभा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य गणेश लामा, जिल्ला सचिव गुणराज मोक्तान, नेता तीर्थ पसखल, धुलिखेल नगर सभापति बिदुरबहादुर बस्नेत र रसिला खनालको नाम जिल्लामा सिफारिस गर्ने निर्णय भएको सचिव गुणराज मुक्तानले जानकारी दिए ।

प्रतिनिधिसभा समानुपातिक सदस्यको लागि ६ जनाको नाम सिफारिस भएको छ । क्षेत्रीय सभापति लामाका अनुसार आदिवासी जनजातितर्फ हर्षजीत लामा र हरिबहादुर बल, आदिवासी जनजाति महिलातर्फ ललिता किङरिङ, दलिततर्फ मिरा नेपाली, अपाङ्गता भएकातर्फ उद्वव कोइराला र अल्पसंख्यकतर्फ बाबुराम गिरी सिफारिस भएका छन् ।

राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारका लागि इन्द्रमणी अधिकारी र नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्ष इश्वरी ओझाको नाम जिल्लामा सिफारिस भएको सचिव विद्यासागर लामाले जानकारी दिए ।

यस्तै प्रतिनिधिसभा २ बाट प्रत्यक्षतर्फ सिफारिस उम्मेदवारहरुमा मधु आचार्य, शिवप्रसाद हुमागाइँ, अच्युतप्रसाद पौडेल, ठाकुरनाथ न्यौपाने, चन्द्र ढकाल, सुन्दरमणी आचार्य, हेमकुमार तामाङ, माधव ढकाल, होमराज चौलागाई, नन्दु दुलाल, मुकेश पन्त, अन्जन खतिवडा र डा राम थपलियाको नाम सिफरिस गरिएको छ ।

समानुपातिकतर्फ दिल लामा, लीला नेपाल, तस्बिर लामा, जीतकृष्ण श्रेष्ठ, माइली दनुवार, मञ्जु आचार्य घिमिरे, रीता गौतम, रामचन्द्र श्रेष्ठ, उदय केसी, इन्द्रबहादुर तामाङ, कृष्णगोपाल भैललाई सिफारिस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *