बनेपा । मनकामना बचत तथा ऋण सहकारी संस्था बनेपाकाे बार्षिक कार्यक्रम अनुसार शुक्रबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भयाे ।

नेपाल रेडक्रस साेसाईटी काभ्रे शाखाका प्राविधिक राधा थापाकाे नेतृत्वमा रक्तदान कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा कुल ४८ जना रक्तदाताहरूले रक्तदान गरेका मनकामना साकाेसका अधिकृत सुजन जंगमले जानकारी दिनुभयाे ।

सहकारी संस्थाको ३१ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियाे । सहयाेगी सबैप्रति संस्थाले धन्यवाद ज्ञापन गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *