सिन्धुपाल्चोक । थाइल्याण्डको बैंककमा आयोजित थाइल्याण्ड कराते कप–२०२६ मा नेपालबाट सहभागी सिन्धुपाल्चोकका २ खेलाडीले स्वर्ण र रजत पदक जितेका छन् ।

८० केजी माथिको विधामा सिन्धुपाल्चोक हेलम्बुका मिङमार तामाङले स्वर्ण र मेलम्चीकी निरमाया तामाङले ५० केजी तौलमा रजत पदक प्राप्त गर्नुभएको हो । प्रतियोगितामा भारत, बंगलादेश लगायत ९ देशका खेलाडी सहभागी थिए ।

फेब्रुवरी १५ तारिखदेखि बैंककमा भएको थाइल्याण्ड अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीप कप २०२६ मा नेपालले दुई स्वर्ण, दुई रजत र एक कास्य पदक प्राप्त गरेको थियो ।

जसमा मिङमार तामाङ एक स्वर्ण ८० केजीमाथि, विवेन्द्र तामाङ एक स्वर्ण ५५ केजी, सुशील लामा एक रजत ५५ केजी, निरमाया तामाङ एक रजत ५० केजी, सुदर्शन बन्जारा एक कास्य ८० केजीमाथि समूह रहेका छन् ।

नेपाली टिममा दिपक तितुङ्ग, टिम म्यानेजर आइतेराम थिङ, कुमुते कोच रामनारायण श्रेष्ठ, काता कोच निमा तामाङ, अफिसियल जानुका देवीमगर, रेफ्री चित्रप्रसाद श्रेष्ठ, रेफ्री अंकध्वज मोते रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *