भुम्लु । काभ्रेको भुम्लु गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट तर्जुमा तथा योजना छनौट प्रक्रियाका बारेमा वागमती प्रदेशका सांसदहरू र पालिकाबीच बुधबार बैठक सम्पन्न भएको छ ।
सो क्रममा वागमती प्रदेशका सांसदहरू रुकु चौलागाईं, लक्ष्मण लम्साल, तीर्थ लामा तथा सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेसहित सरोकारवालाहरू उपस्थित हुनुहुन्थ्यो ।
जसमा भौतिक पूर्वाधार, खानेपानी, सिँचाइ, स्वास्थ्य तथा सामाजिक विकास लगायतका क्षेत्रका योजनाहरू छनौट गर्ने विषयमा छलफल भएको पालिका अध्यक्ष प्रेम भुजेलले जानकारी दिनुभयो ।
उक्त बैठकमा भुम्लु गाउँपालिकाका तर्फबाट स्थानीय आवश्यकता, विकास प्राथमिकता तथा दीर्घकालीन जनहितलाई केन्द्रमा राखी विभिन्न महत्वपूर्ण योजनाहरू प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।
भुम्लु गाउँपालिकाको समग्र विकास, सेवा पहुँच विस्तार तथा नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले प्रस्तुत योजनाहरूलाई आगामी बजेटमा समावेश गरिने उहाँको अपेक्षा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *