काभ्रे । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले रोशी गाउँपालिका, बेथानचोक गाउँपालिका र पनौती नगरपालिकामा डिग्निटी किट बितरण कार्य प्रारम्भ गरेको छ ।
रोशी गाउँपालिकाको वडा नं १ मा कार्यबाहक वडा अध्यक्ष मन कुमारी लुङ्वा, वडा नं. ३ मा वडा सदस्य दिपक थापा, वडा नं. १० वाल्टिङको वडा कार्यालय र स्वास्थ्य चौकीबाट कार्यबाहक अध्यक्ष बिरेन्द्र लामा, स्वास्थ चौकी प्रमुख मथुरा हमाल, वडा नं १२ को शिखरपुर वडा कार्यालयमा बाग्मती प्रदेश निति तथा योजना आयोगका सदस्य गुणराज मोक्तान, वडा अध्यक्ष बसन्त कुमार तामाङ र नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला कार्यसमितिका सदस्य एवं मंगलटार उपशाखा सभापति दामोदर श्रेष्ठको उपस्थितिमा डिग्निटी किट वितरण गरिएको छ ।
त्यसैगरी पनौती नगरपालिका वडा नं. ११ मा जिल्ला सदस्य कृपेन्द्र श्रेष्ठ र वडा अध्यक्ष दिपेन्द्र लामाको उपस्थितिमा डिग्निटी किट वितरण गरियो भने वडा नं. १० मा वडा अध्यक्ष मोहनबहादुर भण्डारीको उपस्थितिमा वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी काभ्रेका कार्यक्रम संयोजक विनोद लामिछानेले जानकारी दिनुभयो ।
संयोजक लामिछानेका अनुसार पनौती नगरपालिका, बेथानचोक र रोशी गाउँपालिकामा ७ हजार ५ सय डिग्निटी किट वितरण गरिने लक्ष्य रहेको छ ।
