काभ्रे । आर्थिक विकास मित्र साकोसको २१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २६ जना रक्तदाताले रक्तदान गरेका थिए ।
संस्थाले स्थापना दिवसको अवसरमा रेडक्रस काभ्रेपलाञ्चोकलाई ४ थान ब्लड डोनेट गर्ने चियर हस्तान्तर गरेको थियो । उक्त चियर संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीले रेडक्रस काभ्रेपलाञ्चोकका सभापति देवेन्द्र भैललाई हस्तान्तरण गरेका थिए । संस्थाले स्थापना दिवसको अवसरमा बनेपा सेवा केन्द्रमा दीप प्रज्वलन गरिएको थियो ।
