काभ्रे । नेपाल रेडक्रस सोसाइटीले पत्रकारहरुलाई ‘मानवीय रिपोर्टिङ’ को तालिम दिएको छ ।
सोसाइटीले मानवीय सेवाकार्यसँग सम्बन्धित रहेर खोज, अनुसन्धान पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि तीन दिने मानवीय रिपोर्टिङसम्बन्धी तालिम दिएको हो ।
पुस ७ गतेदेखि सञ्चालन भएको तालिममा ‘ह्युम्यानिटेरियन च्याम्पियन जर्नालिष्ट ग्रुप’ गठन गर्ने योजनासहित गत कात्तिक महिनामा सञ्चालित एक दिने अन्तत्र्रिmया एवं छलफल कार्यक्रममा सहभागी र अन्य पत्रकारहरु गरी २३ जनाको सहभागिता रहेको थियो ।
तालिमको शुभारम्भमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले रेडक्रसद्वारा सञ्चालित मानवीय सेवाका गतिविधिहरूको प्रचारप्रसारमा पु¥याइएको सहयोग र योगदानको प्रशंसा गर्दै यस तालिमबाट सहभागीहरूलाई मानवीय गतिविधिहरूको रिपोर्टिङका क्रममा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
राष्ट्रिय दैनिक पत्रिका, अनलाइन पत्रिका, टेलिभिजन, एफएम रेडियोका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त तालिममा बाह्य प्रशिक्षकका रुपमा पत्रकारहरू जगत नेपाल, लक्ष्मणदत्त पन्त, आइएचएल विज्ञ कृष्ण चालिसे र नेपाल रेडक्रस सोसाइटीका विविध पक्षहरुका बारेमा आन्तरिक प्रशिक्षकका रुपमा नेपाल रेडक्रस सोसाइटीको मानवीय मूल्य तथा सञ्चार विभागका निर्देशक विपुल न्यौपाने, उपनिर्देशक शिवराम गौतमले सहजीकरण गरेका थिए ।
रेडक्रस अभियान, नेपाल रेडक्रस सोसाइटी इतिहास, सांगठनिक संरचना र गतिविधिहरू, अन्तर्राष्ट्रिय मानवीय कानुन, मानवीय मूल्य प्रवद्र्धन, मानवीय कूटनीति, विपद्का समयमा गरिने मानवीय रिपोर्टिङ, आमसञ्चार, जोखिम सञ्चार र आचारसहिंता लगायतका विषयहरूमा सहजीकरण गरिएको थियो ।
