तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले पर्यटकीय तथा सांस्कृतिक महत्वका विभिन्न स्थानमा निःशुल्क इन्टरनेट सेवाको पहुँच विस्तार गरेको छ ।

पालिकाका अनुसार वडा नं. ६ मा गत फागुन २० गतेदेखि २०८३ जेठ २० गतेसम्म महत्वपूर्ण पर्यटकीय तथा सांस्कृतिक स्थलहरूमा सञ्चालन गरिएको ँचभभ ध्ष्–ँष् श्यलभ परीक्षण सफल भएपछि स्थानीयवासीबाट थप स्थानहरूमा समेत सेवा विस्तार गर्न सुझाव, माग तथा परामर्श प्राप्त भएको थियो । सोही अनुरूप पालिकाले थप विभिन्न स्थानमा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

नयाँ रूपमा ँचभभ ध्ष्–ँष् श्यलभ स्थापना गरिएका स्थानहरूमा साबिक वडा नं. १ को पकुवाल बुद्धपार्क, साबिक वडा नं. २ को वडा कार्यालय परिसर, साबिक वडा नं. ३ को छोर्दोन म्हाने, साबिक वडा नं. ४ को पञ्चबुद्ध पुर्गाडाँडा, साबिक वडा नं. ५ को देउराली डाँडा रहेका छन् । यस्तै साबिक वडा नं. ६ को रातमाटे पञ्चकन्या मन्दिर डाँडा, साबिक वडा नं. ७ को छापा मगर सामुदायिक भवन, साबिक वडा नं. ८ को छापाधार वाङ्तेन म्हाने तथा साबिक वडा नं. ९ को सिङ्गटी छोर्दोन म्हाने रहेका छन् ।

पालिका कार्यालयले पर्यटक, विद्यार्थी, स्थानीयवासी तथा विभिन्न सामाजिक तथा धार्मिक गतिविधिमा सहभागी हुने व्यक्तिहरूलाई सहजरूपमा इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा विस्तार गरिएको जनाएको छ । साथै आगामी दिनमा आवश्यकताका आधारमा अन्य सार्वजनिक तथा पर्यटकीय स्थलहरूमा समेत निःशुल्क वाइफाइ सेवा विस्तार गरिने कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *