filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Hdr; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 47.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

ज्ञानमणि नेपाल कालोटोपी
धुलिखेल । पछिल्ला केही वर्ष यता देशका धेरैजसो किसानको एउटै गुनासो छ, ‘खेती गर्ने समयमा रासायनिक मल नै पाइँदैन ।’ तैपनि सरकारले भने मल आयात र वितरण सहज भएको दाबी गर्दै आइरहेको छ । कृषि सामाग्री कम्पनी लिमिटेड धुलिखेलले काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापका लागि रासायनिक मल बिक्री वितरण गर्दै आइरहेको छ । यी चार जिल्लामा कम्पनीले गत आर्थिक वर्षमा ठूलो परिमाणमा मल बिक्री वितरण गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

०८२ साउनदेखि ०८३ असार मसान्तसम्म यस कम्पनीले चार जिल्लामा ११ हजार ६६८.७ मेट्रिक टन अनुदानको मल बिक्री गरिसकेको छ । जसमध्ये ८ हजार २५२.९ मेट्रिक टन युरिया मल बिक्री गरेको छ । यही अवधीमा ३ हजार ५५.८५ मेट्रिक टन डिएपी र ३५९.९५ मेट्रिक टन पोटास मल बिक्री गरिसकेको कार्यालयका प्रमुख आलोककुमार शर्माले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार चार जिल्लामध्ये सबैभन्दा बढी काभ्रे जिल्लामा बिक्री गरिएको छ । काभ्रेमा ५ हजार ५९७ मेट्रिक टन युरिया, २ हजार १७३ मेट्रिक टन डिएपी र २८७ मेट्रिक टन पोटास मल बिक्री भएको छ । यस्तै सिन्धुपाल्चोकमा २ हजार ३९८ मेट्रिक टन युरिया, ८५१ मेट्रिक टन डिएपी र ७२ मेट्रिक टन पोटास मल बिक्री गरिएको छ । उता दोलखामा ४१ मेट्रिक टन युरिया, ११ मेट्रिक टन डिएपी र ०.३० मेट्रिक टन पोटास बिक्री भएको तथ्यांक छ भने यही समय अवधिमा रामेछापमा भने २१७ मेट्रिक टन युरिया, २० मेट्रिक टन डिएपी र ०.०६ मेट्रिक टन पोटास मलको बिक्री गरिएको कार्यालयले जनाएको छ ।

कुन पालिकामा कति मल बिक्री ?
पालिकागतरुपमा काभ्रेको पाँचखाल नगरपालिकामा धेरै मल बिक्री भएको तथ्यांक छ । यहाँ ९८३ मेट्रिक टन युरिया, ५४९ मेट्रिक टन डिएपी र १०१ मेट्रिक टन पोटास मल बिक्री भएको छ । मण्डनदेउपुर नगरपालिकामा क्रमशः ७२६ मेट्रिक टन, ४५४ र ४० मेट्रिक टन, बनेपामा ६८९ युरिया, ३०२ डिएपी र ५२ मेट्रिक टन पोटास, धुलिखेलमा ६६५ मेट्रिक टन युरिया, २३१ मेट्रिक टन डिएपी र २५ मेट्रिक टन पोटास मल बिक्री भएको छ ।

यस्तै पनौतीमा ७८० मेट्रिक टन युरिया, २७२ मेट्रिक टन डिएपी र ३७ मेट्रिक टन पोटास, नमोबुद्धमा ४९५ मेट्रिक टन युरिया, १३६ मेट्रिक टन डिएपी र ५ मेट्रिक टन पोटास, रोशीमा ४१३ मेट्रिक टन युरिया, ५३ मेट्रिक टन डिएपी र ६ मेट्रिक टन पोटास, चौंरीदेउरालीमा १७५ मेट्रिक टन युरिया, २८ मेट्रिक टन डिएपी र २ मेट्रिक टन पोटास मलको बिक्री भएको छ ।

कार्यालयले जनाएअनुसार भुम्लु गाउँपालिकामा १५८ मेट्रिक टन युरिया, ४५ मेट्रिक टन डिएपी र १ मेट्रिक टन पोटास, बेथानचोकमा १६५ मेट्रिक टन युरिया, ३९ मेट्रिक टन डिएपी, १७ मेट्रिक टन पोटास, तेमालमा २०७ मेट्रिक टन युरिया, ४२ मेट्रिक टन डिएपी र ०.५ मेट्रिक टन पोटास बिक्री हुँदा खानीखोलामा ९९ मेट्रिक टन युरिया र ८ मेट्रिक टन डिएपी तथा महाभारतमा १४३ मेट्रिक टन युरिया र १४ मेट्रिक टन डिएपी मल बिक्री भएको तथ्यांक छ ।

यस्तै सिन्धुपाल्चोकका १२ पालिकाहरुमा सबैभन्दा बढी मेलम्ची नगरपालिकामा बिक्री भएको छ । यहाँ ६५७ मेट्रिक टन युरिया, २७२ मेट्रिक टन डिएपी र २७ मेट्रिक टन पोटासको बिक्री भएको छ । हेलम्बु गाउँपालिकामा ११३ मेट्रिक टन युरिया, ६४ मेट्रिक टन डिएपी र २ मेट्रिक टन पोटास, बाह्रबिसेमा १८५ मेट्रिक टन, युरिया, २५ मेट्रिक टन डिएपी र १ मेट्रिक टन पोटास, पाँचपोखरी थाङपालमा ११० मेट्रिक टन युरिया, १६ मेट्रिक टन डिएपी र ०.५ मेट्रिक टन पोटास मलको बिक्री गरिएको कार्यालयले जनाएको छ ।

सुनकोशीमा १०७ मेट्रिक टन युरिया, ३० मेट्रिक टन डिएपी र १.३५ मेट्रिक टन पोटास, चौतारा साँगाचोकगढी नगरपालिकामा ३५३ मेट्रिक टन युरिया, १५५ मेट्रिक टन डिएपी र १६ मेट्रिक टन पोटास, बलेफीमा १६३ मेट्रिक टन युरिया, ३४ मेट्रिक टन डिएपी र ३.८ मेट्रिक टन पोटास तथा जुगलमा ७४ मेट्रिक टन युरिया र १० मेट्रिक टन डिएपी मल बिक्री भएको छ । यस्तै इन्द्रावती गाउँपालिकामा ४३८ मेट्रिक टन युरिया, २१५ मेट्रिक टन डिएपी र १८ मेट्रिक टन पोटास, त्रिपुरासुन्दरीमा ९४ मेट्रिक टन युरिया, ७ मेट्रिक टन डिएपी र ०.३५ मेट्रिक टन पोटास, लिशंखुपाखरमा ९१ मेट्रिक टन युरिया, २४ मेट्रिक टन डिएपी र २.८ मेट्रिक टन पोटासको बिक्री भएको छ । भोटेकोशीमा भने युरिया १२.५ टन तथा डिएपी ०.५ टन विक्री भएको छ ।

यसैगरी दोलखाको शैलुङ्ग गाउँपालिकामा मात्र ४१ मेट्रिक टन युरिया, ११ मेट्रिक टन डिएपी र ०.३ मेट्रिक टन पोटास मल बिक्री हुँदा रामेछापका सुनापाती गाउँपालिकामा १२९ मेट्रिक टन युरिया, १३.४ मेट्रिक टन डिएपी र ०.४ मेट्रिक टन पोटास तथा दोरम्बा शैलुङ्गमा ८९ मेट्रिक टन युरिया, ७ मेट्रिक टन, डिएपी र ०.२५ मेट्रिक टन पोटास मलको बिक्री भएको छ । यी दुई जिल्लाका अन्य पालिकामा भने कृषि सामाग्री कम्पनी सिन्धुली शाखाबाट बिक्री वितरण हुने पनि कार्यालयले जनाएको छ । उल्लेखित मलको परिणाममा साल्ट ट्रेडिङ कर्पोरेशनले ल्याएर बिक्री गर्ने मल उल्लेख छैन । साल्ट ट्रेडिङले ३० प्रतिशत र कृषि सामाग्रीले ७० प्रतिशतको अनुपातले मल बिक्री वितरण गर्दै आइरहेका छन् ।

कसरी हुन्छ मलको वितरण ?
सरकारले मल वितरणमा कोटा प्रणाली लागू गरेको छ । जसले गर्दा मल किसानले सहकारी संस्थामार्फत मात्रै पाउने गरेका छन् । कृषि मन्त्रालयले सबै प्रदेशका लागि मलको कोटा तोक्छ । प्रदेशमार्फत जिल्ला र पालिकाका लागि छुट्टै कोटा तोकिन्छ । प्रदेशबाट आएको सूचीअनुसार मात्रै कृषि सामाग्री कम्पनीले मल वितरण गर्नुपर्ने बाध्यता रहेको धुलिखेलस्थित कार्यालयका प्रमुख आलोककुमार शर्मा बताउनुहुन्छ । विगतमा देशभर किसानको माग १३ लाख मेट्रिक टन तर आयात मुस्किलले पाँच लाख मेट्रिक टन मात्र हुने गरेका कारण माग र आपूर्तिबीच असन्तुलन हुँदा मल अभाव भएको थियो । तर अहिले मल आइरहेको छ । र विभिन्न पालिकाहरुलाई गएको कोटाअनुसार पालिकाहरुले पनि मल लगिरहेका छन् । तैपनि किसानले भने मल नै नपाएको गुनासो सधैंजसो गरिरहेका हुन्छन् ।

मलको स्टक कति छ ?
हरेक दिन मल आउने र पठाउने क्रम जारी रहने भएकाले ठ्याक्कै यति नै मात्रामा बाँकी छ भन्न सकिँदैन । तर कार्यालयका प्रमुख शर्माका अनुसार साउन ५ गतेसम्म धुलिखेलको कृषि सामाग्री कम्पनीमा ७३१ मेट्रिक टन यूरिया, १८६ मेट्रिक टन डिएपी र १२० मेट्रिक टन पोटास मलको स्टक बाँकी छ । आफ्नो कोटाअनुसार सम्बन्धित पालिका र सहकारीहरुले पनि मल लगिरहेका छन् । यस अनुरुप किसानले पनि मल पाएका हुनुपर्ने हो तर सधैँ मलकै अभाव भनेपछि समस्या कहाँ छ र समाधान कसरी गर्ने भन्नेबारे कार्यालय प्रमुख शर्मा नै अन्योलमा हुनुहुन्छ । तर किसानहरु भने सहकारीहरुले आफ्ना सदस्य र नजिकका आफन्तहरुलाई मात्र उनीहरुले मल दिएको आरोप लगाउँछन् । यो समस्या समाधानका लागि राम्ररी अनुगमन हुनुपर्ने उनीहरुको माग छ ।

सरकारले गतवर्ष कृषि क्षेत्रका लागि ५७ अर्ब बजेट विनियोजन गरेको थियो, जसमा २८ अर्ब त मल खरिदकै लागि छुट्याएको थियो । तैपनि किसान भने मलकै समस्या बेहोर्न बाध्य छन् । यो वर्ष पनि सोही अनुपातमा मल खरिदका लागि बजेट विनियोजन भएको भए पनि असारको शुरुदेखि नै मल अभाव भएको थियो । अब भने त्यो समस्या नहुने र नियमितरुपमा मल आउने सरकारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *