काभ्रे । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा २०८३ भाद्र १० गते अकस्मात् आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनुभएका व्यक्तिहरूको सम्झना तथा सम्मानमा काभ्रेमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला सहकारी संघ लि., काभ्रेको संघ परिसरमा भाद्र २२ गते सोमबार आयोजित कार्यक्रममा बाढीमा परी ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्मा परी घाइते हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो । साथै, बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको यथाशीघ्र खोजी गरी सुरक्षित उद्धार गर्न सम्बन्धित निकायसँग आग्रहसमेत गरिएको थियो ।

दीप प्रज्ज्वलनमार्फत विपद्को यस दुःखद् घडीमा सहकारी अभियानको ऐक्यबद्धता, मानवीय संवेदना र सद्भाव प्रकट गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा उपस्थित भई दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै विपद्मा परेका परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउनुहुने सम्पूर्ण महानुभावप्रति जिल्ला सहकारी संघ लि., काभ्रेले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *