बनेपा । काभ्रेको नालामा बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु भएको छ ।
बनेपा नगरपालिका वडा नं ४ मा बा ४ ख ८५९२ नम्बरको महेन्द्र निशान ट्रकले किच्दा ३ वर्षकी समीक्षा बरालको मृत्यु भएको हो । ट्रक उनका बाबु सरोज बरालले चलाइरहेका थिए । सिन्धुली गोलन्जोर गाउँपालिका वडा नं १ घर भएका बराल नालामा परिवारसहित बस्दै आएका थिए ।
स्थानीय शुभकामना सप्लायर्स नामक बालुवा डिपोमा बस्दै आएका बरालले खाली ट्रक ब्याक गर्ने क्रममा छोरी समीक्षालाई किच्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक सम्पर्कमै रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *