काठमाडौं । तीजका गीतहरु सार्वजनिक हुने क्रममा पछिल्लाे पटक फरक खालकाे तीज गीत बजारमा आएकाे छ ।

माैलिक गीत लाेप हुने अवस्था रहेकाे बेलामा गायिका कविता राउत र सरला कार्कीले आफ्नै जीवनमा घटेका विविध परिस्थितीहरुलाई समेटेर याे गीत सार्वजनिक गर्नुभएकाे हाे । गायिकाद्वयकै स्वरमा रहेकाे तीज गीत ‘थाहा छैन अब कहिले भेट्न पाउने हाे, यसपालीकाे तीजमा नाच्ने गाउने हाे ‘ बजारमा आएकाे हाे । गीतकाे शब्द कविता राउतले संकलन गर्नुभएकाे हाे, जसमा लय र संगित साजन पराजुलीकाे रहेकाे छ ।

गीतकाे म्युजिक भिडियाेमा उस्मिता र आशिकाकाे अभिनय देख्न पाइन्छ। नयाँ शैलीले प्रस्तुत गरिएकाे गीतकाे मिक्सिङ कुमार राना र स्टुडियाे मारुनी डिजिटलले गरेका छन् ।

रेकर्डिङमा सुमन र खुमन रानाले साथ दिएका छन् भने सम्पादन साजन पराजुलीले गर्नुभएकाे छ । गीतकाे छायांकन रामकृष्ण पाण्डे (अमन एकल) र निर्देशन कविता राउतले गर्नुभएकाे छ । पूर्णिमा फिल्मसले पाेष्ट प्राेडक्सन गरेकाे गीतकाे भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *