काभ्रे । Success Educational Consultancy and Job Solution Pvt. Ltd. का संस्थापक तथा प्रमुख रोहित दंगाल नेपाली युवाहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षामा पहुँच दिन लामो समयदेखि प्रतिबद्ध छन् । काभ्रेपलाञ्चोक जिल्लाको बनेपास्थित सामान्य परिवारमा जन्मिएका दंगालको जीवन संघर्ष, इमानदारी र निरन्तर मिहिनेतको कथाले धेरै युवाहरूलाई प्रेरणा दिँदै आएको छ ।
हाल अस्ट्रेलियाको भ्रमणमा रहेका रोहित दंगाल त्यहाँका विभिन्न प्रतिष्ठित कलेज र विश्वविद्यालयसँग सहकार्य गर्दै छन्, जसको मुख्य उद्देश्य नेपाली विद्यार्थीहरुलाई अझ सहज, सुरक्षित र गुणस्तरीय शिक्षामा पहुँच गराउनु हो । रोहित भन्छन्, “विद्यार्थीहरूलाई अस्ट्रेलिया पुगिसकेपछि बसोबास र रोजगारको चुनौती नहोस् भन्ने मेरो मुख्य चिन्ता हो । म सकेको सहयोग गर्न सधैं तयार छु ।” दुवै अभिभावकलाई बाल्यकालमै गुमाएका रोहितले जीवनका कठिन मोडहरू पार गर्दै आफूलाई सफल उद्यमी र समाजसेवीको रूपमा स्थापित गरेका छन् । उनको संघर्ष र समर्पणले Success Educational Consultancy and Job Solution Pvt. Ltd. लाई एक विश्वसनीय शैक्षिक परामर्श केन्द्रको रूपमा उभ्याएको छ, जसले नेपाली विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
उनले विभिन्न शैक्षिक संस्थाहरुसँग भेटघाट गरी छात्रवृत्ति, भर्ना प्रक्रिया र विद्यार्थी कल्याणका विषयमा छलफल गरिरहेका छन् । रोहितको योगदान केवल नेपालमा मात्र सीमित छैन । अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आफूमार्फत् आवेदन दिएका विद्यार्थीहरूलाई उनी त्यहाँ पुगेपछि बस्नका लागि कोठा खोज्न, सुरुवाती समयमा काम खोज्न र आवश्यक सहयोग पु¥याउन समेत व्यक्तिगत रुपमा लागिपर्ने गरेका छन् ।
