धुलिखेल । काभ्रेका तीन नगर पालिकामा मानव बेचविखनविरुद्ध एकदिवसीय छलफल कार्यक्रमकाे आयाेजना गरिएकाे छ। नमोबुद्ध, धुलिखेल र बनेपामा कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।

नमोबुद्ध नगरपालिकाले बिहीबार मानव बेचविखनविरुद्धको १९ औं राष्ट्रिय दिवसको सन्दर्भमा एक दिवसीय छलफल कार्यक्रमको आयोजना गर्याे। ‘तीनै तहका सरकारसँग मिली गरौं हातेमालोः हटाऔं मानव बेचविखन दुश्चक्रको जालो’ भन्ने नाराका साथ नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मानव बेचबिखनविरुद्धको जिल्ला समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले व्यानर पढेर कार्यक्रमकाे उद्घाटन गर्नुभएको थियो ।

नगर समितिका संयोजक तथा नगरप्रमुख कुन्साङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले मानव बेचविखनको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, वडा नम्बर ७ का वडाध्यक्ष धर्मसिंह लामा र महिला समूहकी अगुवा देवकी खनालले मन्तव्य राख्नुभएको थियो।

महिला तथा बालबालिका शाखा प्रमुख तारादेवी सुनुवारले संचालन गरेकाे कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक माधव रेग्मी, प्रहरी कार्यालय मंगलटारका प्रहरी निरिक्षक ईश्वर कार्की, वडाध्यक्षहरू, महिला सहकारी, सामुदायिक परिचालक, नगर युवा परिषद्, शाखा प्रमुखहरू, स्वावलम्बन सहायता समूह, माइती नेपाल, इन्सेक र रिमरेकका प्रतिनिधि, स्थानीय प्रहरी चौकीका प्रतिनिधि, कलेजका विद्यार्थी र पत्रकारहरूको सहभागिता थियो ।

यता धुलिखल नपा–५ स्थित श्रीखण्डपुर माविका विद्यार्थीलाई भदौ १८ गते मानव बेचविखनविरुद्ध सचेतना कार्यक्रम संचालन भयो । विद्यालयका प्रधानाध्यापक जुजुभाई मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले बालअधिकार, कर्तव्य र मानव बेचविखनका विषयमा शत्र संचालन गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र, माइती नेपाल, इन्सेकलगायतका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा करिब पाँच सय विद्यार्थीको सहभागिता थियो ।

यस्तै धुलिखेलमै मानव बेचविखनविरुद्धको जिल्ला समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा भदौ २० गते जिल्ला समन्वय समितिको हलमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कोमल शाह र मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले मानव बेचविखनको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक माधव रेग्मी, महिला अधिकारकर्मीहरु, माइती नेपाल, इन्सेक, कलेजका विद्यार्थी र पत्रकारहरूको सहभागिता थियो।

यसैगरि बनेपामा रहेको आदर्श विद्या मन्दिर (एबिएम स्कूल) र बनेपा आदर्श बहुमुखी क्याम्पसले मानव बेचविखनबिरुद्ध राष्ट्रिय दिवसका दिन अर्थात भदौ २० गते बिहान एक सचेतना कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्ले, इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी रामेश्वर त्वाती, मानवअधिकार रक्षक भोजराज तिमल्सिना, बनेपा आदर्श क्याम्पसका क्याम्पस प्रमुख तिर्जराज दाहाल, माइती नेपालकी जिल्ला संयोजक गायत्री गौतम, विद्यार्थी कल्याण परिषद्का अध्यक्ष आयुष न्यौपाने लगायतले मानव बेचविखनको अवस्थाका विषयमा आफ्नो धारणा राखेका थिए। विद्यालयका प्रिन्सिपल रामप्रसाद तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत करिब चारसय विद्यार्थीको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *