बेथानचोक । कुनै समय स्याउ फलेको हेर्न हिमाली जिल्लाहरु पुग्नुपर्ने अवस्था थियो । तर अहिले त्यस्तो छैन ।

भारतको हिमाञ्चल प्रदेशमा फल्ने उच्च प्रजातिको स्याउ अब काभ्रेको बेथानचोकमै उत्पादन शुरु भएको छ । केही वर्षदेखि यहाँका किसानहरुले रोपेको स्याउका बोटहरुले अहिले उत्पादन दिन थालिसकेका छन् ।

यहाँका स्याउ उत्कृष्ट स्वादको रहेको छ । यहाँ उत्पादित स्याउको बजारका लागि समस्या छैन । भर्खरै मात्र पालिकाले कोशेलीघर सञ्चालनमा ल्याएको छ । यहाँबाट स्याउ विक्री भइरहेको पालिकाले जनाएको छ ।

जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकबाट बेथानचोक गाउँपालिका वडा नं २ को स्याउ बगानको अवलोकन गरिएको थियो । कार्यालय प्रमुख कुलप्रसाद दवाडीसहितको टोलीले यहाँ अवलोकन गरेको हो । यो समाचार हामीले जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकको सहयोगमा तयार पारेका हौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *