बनेपा । जिल्ला सहकारी संघ काभ्रेको ४४औं साधारण सभा तथा ५८औं स्थापना दिवसको अवसरमा विभिन्न ३ विधामा सम्मान गरी मनाएको छ ।
कार्यक्रममा पत्रकार काभ्रे टाइम्सका सम्पादक रमेशप्रसाद न्यौपाने, नवदुर्गा साकोस पनौतीका उत्कृष्ट मेनेजर दीपकप्रसाद तिमल्सिना, आत्मनिर्भर बहुउद्देश्यीय सहकारी संस्था लि. पाँचखाललाई नगद सहित प्रशंसा पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष अमन पोटेले सभापतित्व सहित वार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव प्रकाश बञ्जाराले गर्नुभएको थियो । त्यसैगरी कार्यक्रमको बन्दसत्रले अध्यक्षको वार्षिक नीति योजना तथा कार्यक्रम, सचिव प्रकाश बञ्जाराले आ.व. २०८१÷०८२ को वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष अर्जुनप्रसाद सापकोटाले आर्थिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको बजेट प्रस्तुत गरिएको थियो भने लेखा सुपरीवेक्षण समितिका संयोजक डिल्लीप्रसाद आचार्यले प्रतिवेदन पेश गर्नुभएको थियो । सोही अवसरमा सभामा उपस्थित व्यक्तित्वहरुले आ–आफ्ना जिज्ञासा राख्नुभएको थियो ।
संस्थामा शेयर पूँजी कुल ३ करोड ५३ लाख ५९ हजार १ सय, वासलात १ अरब ४१ करोड ६९ लाख १ हजार ९ सय ४२, बचत संकलन १ अरब २२ करोड ५८ लाख ४४ हजार ३ सय ८५ रहेको छ भने कर्जा लगानी ६३ करोड ८ लाख ७० हजार १ सय ९५ रहेको हिसाब विवरण प्रस्तुत गरिएको थियो ।
