बनेपा । काभ्रेको प्रतिष्ठित बचत तथा ऋण सहकारी संस्था बुडोल सामुदायिकद्वारा जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएको इलाका प्रहरी कार्यालय बनेपालाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ ।

आइतबार कार्यालयमै पुगेर संस्थाका प्रतिनिधीहरुको टोलीले एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गरेको हो । गत भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा भएको आगजनीबाट सो प्रहरी कार्यालय पूर्णरुपमा जलेको थियो ।

समुदायप्रतिको उत्तरदायित्व बहन गर्ने क्रममा यस संस्थाले बनेपा इलाका प्रहरी कार्यालयलाई चौरानब्बे हजार पाँचसय रूपैयाँ मूल्य बराबरका कम्प्युटर १ सेट र प्रिन्टर १ थान हस्तान्तरण गरेको कार्यालयका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले जानकारी दिनुभयो ।

जनताको जीउधनको सुरक्षा प्रदान गर्ने निकायलाई प्रभावकारीरुपमा सञ्चालनमा ल्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले सहयोग उपलब्ध गराएको संस्थाका अध्यक्ष कैलाश के.सी. ले बताउनुभयो । सो अवसरमा संस्थाका सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको समेत उपस्थितीमा इलाका प्रहरी कार्यालयका प्रतिनिधिलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *