धुलिखेल । आज देशभरि नै १५१ औं विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ। जिल्ला हुलाक कार्यालय काभ्रेपलाञ्चोकले पनि याे दिवस बिहीबार उत्कृष्ट कर्मचारीलाई सम्मानका साथै मानव सेवा आश्रमका आश्रितहरूलाई खाना खुवाउने कार्यक्रम गरि मनाएकाे छ ।

दिवसका अवसरमा कार्यालयले धुलिखेल नगरपालिका वडा नं १२ स्थित मानव सेवा आश्रमका आश्रितहरूलाई खाना खुवाउने र उनीहरुलाई कपडा र फलफूल वितरणका साथै कार्यालय परिसर सरसफाई र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गरेको हो ।

जिल्ला हुलाक कार्यालय काभ्रेका प्रमुख हुलाक अधिकृत दिपककुमार नेपालीका अनुसार मानव सेवा घरमा रहेका ५० जना जेष्ठ नागरिकलाई खाना खुवाएर, टिसर्ट र फलफूल वितरण गरिएको थियाे । बिहीबार कार्यालयमा आयोजित कार्यक्रममा भने उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *