सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका अन्तर्गत रहेका सहकारी संस्थाहरूमा सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली कार्यान्वयन र सम्पत्ति शुद्धिकरणसम्बन्धी अभिमुखीकरण तालिम २०८२ सम्पन्न भएको छ । कार्यक्रम कार्तिक १० देखि १२ गतेसम्म गाउँपालिकाको सभाहलमा भएको हो ।
कार्यक्रमको सहजीकरण नेफ्स्कुनका वरिष्ठ कार्यक्रम अधिकृत नवीनराज दाहाल र गाउँपालिकाका रोजगार संयोजक एवं सहकारी फोकल पर्सन ध्रुवप्रसाद लामिछानेले गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टाँसी लामाले गाउँपालिकाको सहकारीसम्बन्धी नीति तथा कार्यक्रमको जानकारी गराउँदै सहकारीहरूको व्यवस्थापनमा ध्यान दिन र नमुनाको रुपमा सहकारी अभियान सञ्चालन गर्न अनुरोध गर्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेलले सहकारी संस्थाहरू कानुनअनुसार सञ्चालन हुनुपर्ने र सहकारी सञ्चालनमा कुनै समस्या देखिए गाउँपालिकाले सहजीकरण गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *