काठमाडौँ । नेप्से परिसूचक बुधबार पनि बढेको छ। आज नेप्से ९.६१ अंकले बढेकाे हाे ।

यससँगै परिसूचक २ हजार ६६५.६० विन्दुमा पुगेको छ । मंगलबार नेप्से ५.३२ अंकले बढेको थियो ।

बुधबार सेन्सेटिभ इण्डेक्स १.६४ अंकले बढेको छ। कारोबारमा आएका ३२२ कम्पनीको १ करोड ३६ लाख २० हजार कित्ता शेयर ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *