बनेपा । काभ्रेपलाञ्चाेक जिल्ला बचत तथा ऋण सहकारी संघकाे २८ औं बार्षिक साधारण सभा एवं निर्वाचन सम्पन्न भएकाे छ । स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीले राख्नु भएकाे थियाे भने संस्थाका प्रमुख कार्यकारी अधिकृत गुरूप्रसाद ढकालले संस्थाकाे गतिविधि प्रस्तुत गर्नुभएकाे थियाे ।

त्यसैगरी कार्यक्रममा मण्डनदेउपुर नगरकाे मण्डनदेउपुर साकाेस र तेमाल सिर्जनशील साकाेसलाई उत्कृष्ट सहकारी सम्मान गरिएकाे थियाे । उद्यम साकाेस पनाैतीका प्रमुख कार्यकारी अधिकृत उत्तम श्रेष्ठलाई उत्कृष्ट ब्यवस्थापककाे रूपमा सम्मान गरिएकाे थियाे ।

यस वर्ष उत्कृष्ठ पत्रकार पुरस्कार अरविन्द्र गाैतमलाई प्रदान गरिएकाे थियाे । संस्थाका सचिव सुरेन्द्र पाैडेलले कार्यक्रम संचालन गर्नु भएकाे थिथाे । काेषाध्यक्ष जीवन श्रेष्ठले आयब्यय विवरण प्रस्तुत गर्नुभएकाे कार्यक्रम अध्यक्ष उदयराम कायस्थकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

जिल्ला बचत संघ काभ्रेको २८ औं वार्षिक साधारण सभाबाट अध्यक्षमा पुनः उदयराम कायस्थ निर्विरोध भएका छन् । उपाध्यक्षमा निर्मला श्रेष्ठ, सचिवमा राजन अधिकारी, कोषाध्यक्षमा जीवन श्रेष्ठ, संचालक समिति सदस्यहरुमा विनोद सापकोटा, जान्दवी अधिकारी, श्रीकृष्ण न्यौपाने, चन्दा श्रेष्ठ, राजन सापकोटा निर्वाचित भएका छन् । त्यसैगरी लेखा समिति संयोजक शिवप्रसाद आचार्य, सदस्यमा नवराज केसी र राजकुमार आचार्य निर्वाचित भएका छन् ।

संघले आर्थिक वर्ष २०८१/०८२ मा शेयर लगानी ६८ लाख ४० हजार १ सय, ऋण लगानी ४६ करोड ८७ लाख ४१ हजार, वित्तीय लगानी ३१ करोड रहेको जनाएको छ । कार्यक्रममा बागमती प्रस्कुनका अध्यक्ष उद्वव सापकोटा, संघका सल्लाहकारहरु तिर्थमाया प्रधान, रामहरी केसी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *