काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेद्वार बनेका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.बाबुराम भट्टराईसहित देशका ४९ जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका छन् । भट्टराईले गोरखा–२ बाट उम्मेद्वारी दर्ता गराएका थिए ।

प्रतिनिधि सभाको निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गरेका ४९ जनाले उम्मेद्वारी फिर्ता लिएका निर्वाचन आयोगले जनाएको छ । आयोगले शुक्रबार १ बजेसम्म उम्मेद्वारी फिर्ता लिने समय तोकेको थियो ।

१६५ वटै निर्वाचन क्षेत्रमा माघ ६ गते ६८ वटा राजनीतिक दल र स्वतन्त्र गरी तीन हजार ४८७ जनाले उम्मेद्वारी दिएका थिए । जसमध्ये ४९ जनाले उम्मेद्वारी फिर्ता लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *