बनेपा । काभ्रेको मण्डनदेउपुर नगरपालिकामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कूल ३० हजार ४९४ जना मतदाता रहेका छन् । जसमा सबैभन्दा धेरै वडानम्बर १० मा ३ हजार ११९ मतदाता छन् भने सबैभन्दा कम वडानम्बर ४ मा १ हजार ९९२ जना रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय काभ्रेले दिएको जानकारी अनुसार वडानम्बर १ को वालुवापाटी मावि केन्द्रमा २ हजार ७४१ मतदाता रहेका छन् । वडानम्बर २ को वडा कार्यालय केन्द्रमा २ हजार ३१९ जना, वडानम्बर ३ को वडा कार्यालय केन्द्रमा २ हजार १०५ जना मतदाता रहेका छन् ।
यस्तै वडानम्बर ४ को महाकाली मावि, चैनपुर केन्द्रमा १ हजार ९९२ जना, वडानम्बर ५ को तपेश्वर मावि केन्द्रमा २ हजार ६६२ र वडानम्बर ६ को ब्रम्हायणी मावि केन्द्रमा २ हजार ६४० मतदाता रहेको तथ्यांक छ ।

मण्डनदेउपुरको वडानम्बर ७ स्थित वडा कार्यालय केन्द्रमा २ हजार ६४४, वडानम्बर ८ को भवानी आधारभूत विद्यालय केन्द्रमा २ हजार ४१५, वडानम्बर ९ को उमा विद्यामन्दिर, नरबन्दापाटी केन्द्रमा १ हजार ६६७ तथा सोही वडाको डेडीथुम्का मावि केन्द्रमा १ हजार २६८ मतदाता रहेका छन् ।

नगरपालिकाकै सबैभन्दा धेरै मतदाता रहेको वडानम्बर १० स्थित विन्धवासिनी मावि, केन्द्रमा १ हजार ८२२ तथा सोही वडाको उमाशह मावि केन्द्रमा १ हजार २९७ जना, वडानम्बर ११ को भगवती प्रावि, गैराथोक केन्द्रमा ९८५ र सोही वडाको वडा कार्यालय केन्द्रमा १ हजार ६१० जना र वडानम्बर १२ को इन्द्रावती मावि, साण्डीवेँसी केन्द्रमा १ हजार ३३३ तथा सोही वडाको बागदेवी मावि केन्द्र, देउरालीमा ९९४ जना मतदाता रहेका कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ । यस पालिकामा १६ मतदानस्थलमा ३६ वटा केन्द्र रहेका छन् ।

नयाँ तथ्यांक अनुसार जिल्लामा कुल संख्या ३ लाख २६ हजार ६११ मतदाता रहेका छन् । जसमा पुरुषको संख्या १ लाख ६७ हजार ४९९, महिलाको संख्या १ लाख ५९ हजार ११० र अन्य २ जना रहेका छन् । मृत्यु भएका ७३३ जनाको नाम हटाइएको छ भने ६१७ जनाको दोहोरो नाम हटाइएको, नागरिकता त्यागेका २ र नागरिकता रद्द भएका एक जनाको पनि नामावलीबाट नाम हटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *