सिन्धुपाल्चोक । स्वर्गीय सिभिल इञ्जिनियर बिनोद नेपालको स्मृतिमा स्थापना गरिएको बिनोद नेपाल स्मृति फाउन्डेसनद्वारा विगत ५ वर्षदेखि निरन्तररूपमा सामाजिक उत्थानका कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेका छन् ।

सोही क्रममा यस वर्षका लागि आयोजना गरिएको छात्रवृत्ति वितरण कार्यक्रम आज मेलम्ची नगरपालिका–स्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयमा फाउन्डेसनका अध्यक्ष डा. गङ्गादत्त नेपालको अध्यक्षतामा सम्पन्न भयो ।

कार्यक्रमको सञ्चालन फाउन्डेसनका आजीवन सदस्यद्वारा गरिएको थियो भने कार्यक्रमको उद्देश्यबारे फाउन्डेसनका सचिव रोहिणीराज नेपालले प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठ, शिक्षक–शिक्षिका, अभिभावकहरू तथा छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

आर्थिकरूपमा कमजोर तर अध्ययनमा मेधावी विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै शिक्षा र समाज विकासमा योगदान पु¥याउने अभियान निरन्तर जारी रहने संस्थाले जनाएको छ।कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने विद्यालय परिवार, सहभागी महानुभावहरू तथा सम्पूर्ण सहयोगी मनप्रति संस्थाले धन्यवाद ज्ञापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *